भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

Posted on: 20 Jan, 2017


माघ ७, भक्तपुर । दूधपाटीबाट काठमाडौँ फर्कदै गरेको दुई मोटरसाइकललाई सल्लाघारीबाट दूधपाटी जाँदै गरेको मिनिट्रकले भक्तपुरको सल्लाघारीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

सल्लाघारी सैनिक महाविद्यालय अगाडि बा २ ख ९७२१ नं को मिनी ट्रकले दुईवटा मोटरसाइकललाई एकैसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु भएकोे महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 


प्रहरीका अनुसार दुर्घटनामा बा ४३ प ४५७६ नम्बरको मोटरसाइकल चालक काठमाडौँ कालीमाटी बस्ने वर्ष ४५ का सरोज बानियाँ र बा १४ प ५२८८ नं का मोटरसाइकल चालक कालीमाटीकै वर्ष ४४ का अनीलकृष्ण ताम्राकारको घटनास्थलमै मृत्युभएको हो । 

मादकपदार्थ सेवन गरी सवारी चलाएका मिनीट्रक चालक भक्तपुर चाँगु बस्ने वर्ष ३१ का सलन नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक हबल्दार दीपेन्द्र शााहीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!