डडेल्धुराको इलाका नम्बर ३ को इलाका परिषद स्थानीयद्धारा बहिष्कार

Posted on: 21 Jan, 2017

ललित बोहरा । माघ ८ डडेलधुरा । डडेल्धुराको इलाका नम्बंर ३ को इलाका परिषद स्थानीयहरुले बहिष्कार गरेका छन् । स्थानीय तह पुर्नः संरचना आयोगले डडेल्धुरा जिल्लामा सात वटा स्थानीय तह बनाउने नियर्णमा साविकको इलाकामा रहेका मष्टामाण्डौ, बेलापुर र नबदुर्गा गाबिसलाई टुक्रा–टुक्रा पारेको भन्दै परिषद बहिष्कार गरेको स्थानीयले जानकारी दिएका छन । स्थानियहरुले गाउँपालिकाको केन्द्र मणिलेकमा भएकोमा समेत आपत्ति जनाएका छन । साथै आफ्नो माग पुरा नभए सम्म इलाका परिषद बहिष्कार गरिने स्थानीयहरुको भनाई छ । इलाका नम्बर ३ भित्रका योजना छनोट गर्ने उद्देश्ले जिल्ला बिकास समिती डडेल्धुराले परिषदको आयोजना गरेको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!