विराटनगर गुरुकुलमा 'झ माने झण्डा' मंञ्चन हुने

Posted on: 24 Jan, 2017

माघ ११, विराटनगर । आरोहण गुरुकुल विराटनगरमा माघ १५ गते देखि झ माने झण्डा नाटक मंञ्चन हुने भएको छ । विराटनगर गुरुकुल कै आयोजनामा युवा रंगकर्मी रामभजन कामतले परिकल्पना तथा निर्देशन गरेको सो नाटक माघ २३ गते सम्म हाटखोला स्थित सुशिला कोईराला नाटकघरमा मंञ्चन हुन लागेको हो ।

दैनिक अपराह्न साढे ४ बजे सो नाटक मंञ्चन गरिने आयोजकले जनाएको छ । नाटकमा हामी र हाम्रो मानसिकताको मनोभाव, सिंगो देशको हालको याथार्थ चित्रण प्रस्तुत गर्न खोजिएको निर्देशक कामतले बताए । नाटकमा भरत कार्की, विकास पराजुली, राजेश ठाकुर, अशोक गौतम, गिता कोईराला, निदेश आचार्य, कौशिला कामत, श्रीमती सुवास विष्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

नाटकमा प्रकाश तथा ध्वनी परिचालन सागर विश्वासले गरेका छन् । नाटकको टिकट दर रु १०० र २०० तय गरिएको छ । विद्यार्थीले परिचय पत्र देखाएर रु ७० को टिकट खरिद गर्न सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!