सामाजिक कार्यमा अग्रसर हुदै सरल नमुना सहकारी

Posted on: 25 Jan, 2017

कमल सुबेदी/माघ १२, पोखरा । पोखराको चिप्लेढुंगामा रहेको सरल नमुना बचत तथा ऋण  सहकारीले एच आइ भि संक्रमित बालबालिकाको लागि एक कार्यक्रमको आयोजना गरि नगद सहयोग गरेको छ ।

सहकारीले नबौ स्थापना दिवसको अबसर  पारेर एच आइ भि संक्रमित बालबालिकाहरुलाइ अध्ययन गर्नका लागि पाच हजार पाच रुपैया  सहयोग गरेको सहकारीका अध्यक्ष दिपक बास्तोलाले जानाकारी दिए । सहकारीले पोखराको पुरन्चौरमा रहेको  आकुरा एकल तथा संक्रमित महिला समुहकी अध्यक्ष लक्ष्मी अधिकारीलाई  बुधबार हस्तान्तरण गरेको हो ।  

  सहयोग रकम बुझ्दै समुहकी अध्यक्ष लक्ष्मी अधिकारीले समाजमा अझै पनि एच आइ भि संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकोमा दुःख ब्यक्त गरिन । एच आइ भि संक्रमित पनि अन्य ब्यक्ति सरह काम गर्न सक्ने बताउदै उनले सहकारीले गरेको सहयोगको खुलेर प्रशंशा गरिन् । बिगतमा आफु एच आइ भि संक्रमित भएकै कारण समाजले  तिरस्कार गरेको दुखेसो पोखिन ।

आकुरा एकल तथा संक्रमित महिला समुहमा बसेर अहिले ४ संक्रमित जना बिद्यार्थीहरुले  नजिकै रहेको सरकारी  विद्यालयमा अध्ययन गरिरहेको अधिकारीले बताइन् । सरल नमुना बचत तथा ऋण  सहकारीका अध्यक्ष दिपक बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका सल्लाहकार भरत प्रसाद तिवारी,उपाध्यक्ष एंबम कार्यक्रम संयोजक राम बहादुर बुलकोटी लगायतले एच आइ भि संक्रमित लाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको संचालन सस्थाका सचिव निर्मल बास्तोलाले गरेका थिए । सहकारीले स्थापना दिबसको अबसर पारेर मंगलबार रक्तदान गरेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!