दर्जन बढी कलाकार स्टेजमा उत्रिए पनि दर्शकको मन जित्न सकेनन्

Posted on: 30 Jan, 2017

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवको पाँर्चौ दिनमा दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो प्रस्तुती गरेका छन् । चर्चामा निकै रहेका लोकदोहोरी गायक पशुपति शर्माले मलाई जापन पनि यहि मलाई कोरिया पनि यहि भन्दै स्टेजमा आफ्नो प्रस्तुती शुरु गरे । केहि मात्रमा उनको समर्थ आएता पनि चौथो दिनमा प्रजापति पराजुलीलाई जस्तो वाहवाह र ताली भने बज्न सकेनन् ।

उनको प्रस्तुती कमजोर भएर हो या साउण्ड सिस्टममा कुनै खराबी भएर हो दर्शकले चर्चित लोक दोहोरी गायक शर्मालाई खासै स्टेजमा जमाउन सकेनन् । त्यस्तै  कार्यक्रममा कृष्ण देवकोटा, कुमार पुन, मञ्जु विक, सिता परियार, कृष्ण जिसी, किरण थापा, अर्जुन थापा, रेणु पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाए तर दर्शकको मन उनीहरुले पनि खासै जित्न सकेको देखिएन ।

अधिकांश दर्शकहरुले साउण्डमा खराबी भएको र चुस्त साउण्ड सिस्टमको व्यवस्थापन नभएकोले पनि कलाकारहरुको प्रस्तुती प्रभावकारी हुन नसकेको बताएका छन् ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!