अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि अक्षयकोष स्थापना

Posted on: 07 Feb, 2017

अमृत बास्तोला/माघ २५, तेह्रथुम । तेह्रथुमको पूर्व ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयमा अंग्रेजी माध्म र कम्प्यूटर शिक्षा संचालनका लागि अक्षयकोष स्थापना भएको छ ।  

विद्यालयमा  ४० लाख रुपौया वढी  अक्षयकोष संकलन भएको छ । अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनका लागि संकलित अक्षयकोष कोष मध्ये आधाभन्दा बढी रकम दाताहरुबाट असुली भएको छ । दाताहरुबाट असुलीहुने क्रम जारी रहेको विद्यालयले जनाएको छ 

विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनमा आएपछि विद्यार्थीहरुको आर्कषण बढे संगै यसलाई थप व्यावस्थापन गर्न विद्यालयले अक्षयकोष संकलन सुरुगरे थियो । 

वर्तमानको समय कम्प्यूटरको युग भएकाले विज्ञान र प्रविधिमा विद्यार्थीहरुको आधारभूत सैद्धान्तिक र व्यावहारीक ज्ञान हुनु जरुरी भएकाले विद्यालयमा कम्प्यूटर शिक्षा संचालन गरिएको छ । शैक्षिक सत्र २०७० साल देखि नै विद्यालयले २८ सय वाटको सोलार प्रविधि जडान गरि विद्यालयमा आधाभूत कम्प्यूटर शिक्षा संचलान गरिएको प्रधानाध्यापक ईङनामले बताउनु भयो । 

आजको युग उच्च प्रतिशप्रर्धाको युग भएकाले विद्यार्थीहरु जुनसुकै ठाउँमा प्रतिशप्रर्धामा योग्य बनाउने अभिप्राय र अंग्रेजी भाषाको विश्वव्यापीकरणका साथै अभिभावकहरुको अंग्रेजी माध्यम प्रति आकर्षण र अभिरुचीलाई मध्यनजर गरेर शैक्षिक सत्र २०७१ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको प्रधानाध्यापके भनाई रहेको छ । 

विद्यालयले कक्षा नर्सरी देखि कक्षा आठ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने उद्देश्य राखी हाल कक्षा तीन सम्म अंग्रेजी माध्यमबाट पठन पाठन संचालन गरिरहेको छ । सरकारको शिक्षा निति स्पष्ट नभएको र विद्यालयको आन्तरिक स्रोत समेत कमजोर भएकाले दक्ष शिक्षकको व्यावस्थापनका लागि आर्थिक चुनौती रहेकाले, विद्यालयको असन्न २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसर बनाई अक्षयकोष अभियान संचालन गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ईङनामले जानकारी दिनु भयो । 

विद्यालयले संचालन गरेको अक्षयकोष अभियानमा विद्यालयका संस्थापक, शिक्षक, कर्मचारी, स्थानीय अभिभावक, समाजसेवी, चन्दादाता तथा प्रवासी नेपालीहरु समेतले विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् । स्थापना भएको अक्षयकोषको ब्याजबाट अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा व्यावस्थापन गरिने विद्यालय स्रोतले बताएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!