प्रहरी हिरासतबाट आरोपि भागे, ड्युटीवाला नियन्त्रणमा

Posted on: 18 Feb, 2017

फागुन ७, दार्चुला | चोरीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका एक चोरीका आरोपि हिजो राती जिल्ला प्रहरी कार्यालयको नियन्त्रणबाट भागेका छन् । गत माघ तेस्रो हप्ता सुन्सेरा गाविसका विभिन्न पसलमा चोरी गरेको आशंकामा माघ २३ गते प्रहरीले नियन्त्रणमा लिएका सुन्सेरा गाविस वडा नम्बर ४ का धनसिह बिष्ट प्रहरी नियन्त्रण बाट भागेका हुन् ।

हिजो राति करिब अढाई बजेतिर हतकडिको नट खोलेर भागेका कुवँरको खोजि गर्न प्रहरीले बिहानैबाट सीमा नाकामा कडा निगरानी गरेको छ भने डिउटीमा रहेका प्रहरीलाई सोधपुछका लागि थुनामा राखिएको छ । कैदबाट भागेका करिब २८ वर्षिय कुवँरको खोजिलाई तीब्र बनाउन सीमा नाकामा चेकजाँच बढाइएको र सबै सुरक्षा निकाय तथा प्रहरी चौकीमा सुचना गरिएको जिल्ला प्रहरी प्रमुख केदार खनालले जानकारी दिनुभएको छ । 

‘भागेका कैदीको खोजि तीब्र मात्रै पारिएको छैन, उक्त समयमा डिउटीमा बसेका प्रहरीहरुलाई समेत नियन्त्रणमा लिई कारवाही थालिएको छ ।’ डिएसपी खनालले भने । राति महाकाली नदीको सतह बढ्ने र बिहानैदेखि सीमा क्षेत्रमा निगरानी गरिएकोले कैदबाट भागेका बिष्ट सदरमुकाम मै लुकेर रहेको हुन सक्ने बताउँदै डिएसपी खनालले प्रहरी निरन्तर खोजमा रहेको बताउनु भयो । 

माघ १९ गते सुन्सेरा गाविस वडा नम्बर ४ मा रहेका प्रेमसिह डडाल र नरेससिह डडाल साथै सोही गाविस वडा नम्बर ६ का मानसिक कुँवरको पसलबाट नगद सहित समान चोरी भएको उजुरीका आधारमा प्रहरीले चोरीमा संलग्न भएको आशंकामा निज कुवँरलाई नियन्त्रणमा लिएको थियो । कुवँरलाई अनुसन्धानका लागि प्रहरीको कैदमा राखिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!