६२ वर्षीया सोममाया खड्का चार दिनदेखि बेपत्ता

Posted on: 20 Feb, 2017

फागुन ९, पोखरा । पोखराको सिमलचौरबाट एकजना वृद्धा चार दिनदेखि बेपत्ता भएकी छिन् । 

सो ठाउँको आलुमाइलाचोकका ६२ वर्षीया सोममाया खड्का शुक्रबारबाट बेपत्ता भएकी छिन् । साथीको घरमा लगाइएको पूजामा सरिकभएर प्रसाद ग्रहण गरी सोहि दिन अपराह्न ५ बजे घर जान भनेर हिँडेकी उनी आजसम्म सम्पर्कमा नआएको उनकी छोरी विद्या शाहीले जानकारी दिनुभयो । 

कालो वर्ण, पाँच फिट दुई इन्च उचाइ, कुर्ता सुरुवाल लगाएको र कानैभरि सुनको शिलमुन्द्री लगाएकी सोममायालाई आजसम्म नभेटाएपछि प्रहरीमा जाहेरी परेको जिप्रका, कास्कीले जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!