पोखराका पेट्रोलपम्पमा उपभोत्ताको लाइन

Posted on: 22 Feb, 2017

फागुन ११ , पोखरा |  ट्यांकर चालकको आन्दोलनका कारण पोखराका पम्पहरुमा पेट्रोलियम पदार्थ लिनेको भिड बढेको छ । विगतमा जस्तै पेट्रोलीयम पदार्थ अभाव हुने डरले उपभोक्ताहरु आवश्यकता भन्दा बढी तेल लिनका लागि पम्पमा जादाँ लाइन बढेको पेट्रोलियम ब्यबसायीहरुले बताएका छन्  ।

पोखरामा दैनिक १ लाख भन्दा बढी लिटर पेट्रोल र २ लाख लिटर भन्दा बढी डिजेलको दैनिक खपत हुदै आएको छ । ब्यबसायीहरुका अनुसार बुधबार १ लाख २० हजार लिटर पेट्रोल वितरण हुने बताए ।

तेल अभाव हुन्छ भन्ने डरले उपभोक्ताले आवश्यकता भन्दा बढी पेट्रोल संचित गर्दा बजारमा अभाव भएको उनिहरुको भनाई छ । पोखराका पेट्रोल पम्पमा पेट्रोल अभाव छ भने डिजेल भने केहि पम्पबाट विरतरण भएको छ ।

पेट्रोलियम ढुवानी बिनियमावलीमा संशोधन गरी अपचलनलाई न्यूनिकरण गर्नका लागि प्रतिस्पर्धात्मक वातावरणमा तेल ढुवानीको व्यवस्था मिलाउन नेपाल आयल निगमले तयारी गरे पनि अनैतिक र अवाच्छित दवाव दिन ट्यांकर व्यवसायी आन्दोलनमा छन् ।

केही चालक, व्यवसायीले तेल चोर्न नपाउँदा अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धनको आपूर्ति व्यवस्थापनमा अवरोध सिर्जना हुने गरी हडतालका कार्यक्रम गरिनु अनुचित र गैरकानूनी कार्य भएको भन्दै उपभोक्ताहरुले विरोध गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!