मोरङमा टिपरको ठक्करबाट एक युवकको मृत्यु

Posted on: 01 Mar, 2017

फागुन १८, विराटनगर । मोरङको बेलवारीमा आज बिहान टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । 

ताप्लेजुङ घर भएका हाल बेलवारीमा डेरा लिई बसेका अन्दाजी ३० वर्षीय लक्ष्मी खरेलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलवारीले जनाएको छ । 

पुरानो बेलबारीस्थित राजमार्गमा उनलाई ठक्कर दिने ना ५ ख ५५१० नंको टिपरसहित चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!