यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 01 Mar, 2017

फागुन १८, विराटनगर । यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालक टङ्कीसिनुवारी– ८ बस्ने २० वर्षीय खेलु माझीको आज मृत्यु भएको छ । 

को ४ प २४९८ नंको मोटरसाइकलबाट गइरहेका समयमा टङ्कीसिनुवारी– ५ स्थित बाँसवारी चोकमा बिहान १०।३० बजे विराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख४९०९ नंको यात्रुवाहक बसले ठक्कर दिएपछि उनी घाइते भएकामा उपचारका लागि न्युरो अस्पताल लाने क्रममा बाटामै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

बससहित चालक प्रहरीको नियन्त्रणमा छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!