पत्रकार महासङ्घ धनुषा अध्यक्षमा अनिल मिश्र पुनः विजयी

Posted on: 01 Mar, 2017

फागुन १८, धनुषा । नेपाल पत्रकार महासङ्घ धनुषाको अध्यक्ष पदमा अनिल मिश्र पुनःदोस्रो पटक निर्वाचित हनुभएको छ । 

मिश्रले ७० मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नवलकिशोर यादवले ५६ मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्षमा धर्वेन्द्र झाले ५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी वीरेन्द्र रमणले ५३ मत प्राप्त गर्नुभएको थियो भने उपाध्यक्षका अर्का उम्मेदवार घनश्याम मिश्रले ३५ र दीपेन्द्र सिंहले २६ मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी महिला उपाध्यक्षमा मनिका झा, सचिवमा पुरण साह रौनियार, सहसचिवमा नवीन सिंह, समावेशी सचिवमा अकुल साह र कोषाध्यक्षमा अवधेश कामत निर्वाचित हुनुभएको छ भने महिला कोटाको सदस्यमा प्रतिभा झा मधेसी सदस्यमा फुलगेन मुखिया , जनजाति सदस्यमा अर्जुन मण्डल तथा खुल्ला सदस्यहरुमा नेहा झा, जयंत ठाकुर, नीरन्जन साह, बबलु चौधरी, दीपेश मल्लिक, गोविन्द महतो, चयन हुनु भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!