गरीब तथा बिपन्न परिवारका बिद्यार्थीलाई स्टेशनरी सामान बितरण (तस्वीर सहित)

Posted on: 02 Mar, 2017

पर्बत , १९ फागुन ।  जिल्लाको देउपुर गाबिसमा रहेको जननेत्र माबिमा अध्ययनरत गरीब तथा बिपन्न परिवारका ४२ जना बिद्यार्थीहरुलाई एक कार्यक्रमका बीच स्टेशनरी सामान बितरण गरिएको छ ।

बिद्यालयमा रहेको भीम गरीब छात्रबृत्ती अक्षय कोषबाट प्रति बिद्यार्थी तीन सय रुपैया बराबरका कापी र कलमहरु प्रदान गरिएको हो ।

 आर्थिक अभाबले कापी कलम किन्न कठिन हुने परिवारका बालबालिका हरुलाई पठन पाठनमा सहयोग पुगोस भन्ने उद्देश्य लिएर आफूले अक्षय कोष स्थापना गरेको कोषका संस्थापक भीम प्रसाद चापागाईले बताउनु भयो । सोही अबसरमा बोल्दै चापागाईले अर्को बर्ष देखि एक सय भन्दा बढ़ी बिद्यार्थीहरुलाई स्टेशनरी सामान बितरण गर्ने योजना रहेको जानकारी दिनु भयो ।

सो कार्यक्रममा बोल्दै गाउँ शिक्षा समिति देउपुरका अध्यक्ष शेखरनाथ घिमिरेले गरीब तथा बिपन्न परिबारका बालबालिकाहरुको शिक्षामा सहज पहुँच बढाउन र टिकाई राख्न छात्रबृत्तीले प्रभाबकारी भूमिका खेल्ने बिचार ब्यक्त गर्नु भयो । 

छात्रबृत्ति कोषका संस्थापक भीम प्रसाद चापागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन बिद्यालयका सहायक प्रधानाध्यापक भूमिराज शर्माले गर्नु भएको थियो ।


Image may contain: 2 people, people sitting, child and outdoor

Image may contain: 4 people

Image may contain: 4 people, people standing

Image may contain: 14 people, people standing and outdoor

Image may contain: 9 people, people standing and outdoor


यस बिषयमा तपाइको प्रतिक्रिया...!