सन्धिखर्कमा १३ वर्षिया बालिकाले गरीन् आत्महत्या

Posted on: 09 Mar, 2017

फागुन २६, अर्घाखाँची । अर्घाखाँचीको  सन्धिखर्कमा १३ वर्षिया बालिकाले आत्महत्या गरेकी छिन् । 

सन्धिखर्क नगरपालिका १ निवासी नारायण कण्डेलकी १३ पर्षीय छोरी सेरिया कणेलले आफ्नै घरको कोठाको पंखामा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

१०७ औं अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाइरहेको बेला बालिका गरेको आत्महत्याको कारण खुल्न सकेको छैन । सेरियाले सन्धिखर्कमा रहेको रवि चित्र उच्च म वि हटारीमा कक्षा आठमा अध्ययन गर्दै आएकी थिईन् । 

सेरियाको शव परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको प्रहरीले बताएको छ ।

सेरियाका बाबु नारायण कण्डेलले सन्धिखर्कमा ईलेक्टोनिक्स पसल गर्दै आउनुभएको छ । पछिल्लो समय अर्घाखाँचीमा आत्महत्या गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!