तमोर नदी सीमा क्षेत्रका बस्तीमा खानेपानीको समस्या

Posted on: 15 Mar, 2017

त २, तेह्रथुम । तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका एक दर्जन बढी गाविसमा खानेपानीको चरम समस्या हुँदै आएको छ । 

जिल्लाको आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुङ्गा, चुहानडाँडा, सक्रान्ति, थोक्लुङ र छथर क्षेत्रका हमरजुङ, ओख्रे, सुदाप, फाक्चामारा र पञ्चकन्यालगायत गाविसका तल्लो क्षेत्रका बासिन्दाले खानेपानीको चरम समस्या बेहोर्दै आएका छन् । 

गाउँमा रहेका पानीका मुहान, धारा कुवा र खोली खोल्सी सुक्दै गएपछि यी गाविसमा बर्सेनि खानेपानी समस्या बढिरहेको छ । कतिपय गाविसका बस्तीमा खानेपानी बोक्दैमा दिन बित्ने गरेको पञ्चकन्याकी यशोदा दाहालले बतानुभयो । खानेपानी अभाव भएकै कारण यी गाविसबाट बर्सेनि बसाइँ सरेर जानेको सङ्ख्या समेत बढ्न थालेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!