दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित

Posted on: 16 Mar, 2017

चैत ३, इलाम । आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा(एसइई) इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । 

समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बिचमै विद्यालय छाडेका र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीहरूले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ । 

कार्यलयका अनुसार यसवर्ष नियमिततर्फ चार हजार ५६४ जना परीक्षार्थी सामेल हुने भएका छन् । एक्जाम्टेडतर्फ तीन सय १४ र आंशिकतर्फ (डी र इ ग्रेट ल्याउने) एक सय ५० जना गरी पाँच हजार ५२८ जना परीक्षार्थी सामेल भएका छन् । 

इलाममा यसवर्ष २६ वटा परीक्षा केन्द्र तोकिएका छन् । विद्यार्थी सङ्ख्या नपुगेका कारण यसपटक सातवटा परीक्षा केन्द्र कटौती गरिएको जिशिकाका प्राविधिक सहायक अम्बिका खनालले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!