मोरङमा अज्ञात समुहद्वारा सासु-बुहारीको हत्या

Posted on: 17 Mar, 2017

चैत ४, मोरङ । मोरङ जिल्लाको कटहरी १ मा अज्ञात समूहको धारिलो हतियारबाट सासु-बुहारीको हत्या भएको छ ।

मोरङ कटहरी-१ स्थित आदर्श टोलमा आफ्नै निवासमा सासु-बुहारीलाई हत्या गरिएको प्रहरीले जनाएको छ । ४५ बर्षीया सासु दीपा डाागा र २२ बर्षीया बुहारी अस्मिता डाागाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!