प्युठानका पहिरो पिडीतलाई रेडियो सेट वितरण

Posted on: 29 Mar, 2017


सागर शर्मा/चैत १५, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले महासंघको ६२ औं स्थापना दिवसको अवसरमा प्युठान फोप्लीका बाढिपहिरो पीडितलाई रेडियो सेट वितरण गरेको छ । 

यस क्षेत्रका ८० परिवारलाई फोप्लीको पिपलबोटमा एक कार्यक्रमकावीच बुधवार रेडियो सेट वितरण  गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठान उपाध्यक्ष एलवी थापाले जानकारी दिनुभयो । 

सुचनाका पहुच पुगोस  भन्ने उद्देश्यले रेडियो सेट वितरण  गरिएको महासंघ प्यठान शाखाका अध्यक्ष महाविर रानाले जानकारी दिनुभयो । साथै बाढिपहिरोमा आफन्त  गुमाएका र घरवास विहिन भएकाहरुको अझै पुर्न स्थापना हुन नसकिरहेको प्रति सरोकारवालाहरुको ध्यानाकर्ष गराउनका लागि समेत पीडितकै घरदैलोमा पुगेको उनले बताए ।  रेडियो सेट प्रदान गर्नका लागि राप्ती समाज जापानले ५० हजार सहयोग उपलब्ध गराएको थियो । 

सोहि अवसरमा बाढिपहिरो पीडितहरुको पुर्नःवासका लागि भैरहेको पहलका बारेमा पनि छलफल भएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पा र कारितास नेपाल फुलवारी एकीकृत ग्रामीण विकास संस्था मार्फत आवस गृह निर्माणका विषयमा पीडितहरुसँग अन्तरक्रिया गरिएको छ ।  

डिभिजन कार्यालय मार्फत २६ विपन्न दलित परिवार र कारितास मार्फत ५० घर परिवारलाई घर निर्माणका लागि सहयोग गर्ने बताएका छन । साथै महासंघको स्थापना दिवस अवसर पारेर बुधवार  विहान जिल्ला सदरमुकाम खलंगामा प्रभातफेरी कार्यक्रम समेत भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!