अवैध भरुवा बन्दुक सहित डडेल्धुरामा एक जना पक्राउ

Posted on: 29 Mar, 2017

ललित बोहरा | चैत १६, डडेल्धुरा । अवैध भरुवा बन्दुक सहित डडेल्धुरामा बुधबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाकोे गन्यापधुरा गाँउपालिका वडा नं १ भेटाका ३३ वर्षिय जित राज अवस्थी लाई बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।

अवस्थीलाई घरबाट नै भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । पक्राउ परेका अवस्थिले लुकाई छिपाई राखेको अवस्थामा बिशेष सूचनाका आधारमा प्रहरीले घरबाटै बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ ।

ईजाजत बिना घरमा आफु सुत्ने कोठाको दाराजमा लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक कुवेर बहादुर चन्दले जानकारी दिएका छन् ।

पक्राउ परेका अवस्थी माथि हातहतियार खरखजना अन्तरगत मुद्धा दर्ता गरि सकेको समेत प्रहरी निरिक्षक चन्दले जानकारी दिएका छन् । अवैध हतियार बारे थप अनुसन्धान भईरहेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!