महिलाको अश्लिल भिडियो फेसबुकमा राख्ने पक्राउ

Posted on: 29 Mar, 2017

चैत १६, काठमाडौं | महिलाको अश्लिल भिडियो सामाजिक सञ्जालमा राख्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी देहमाण्डी-६ स्थायी घर भएका २३ वर्षीया राजबहादुर बोहोरा रहेका छन् ।

बोहोराले पिडित महिलाका नातेदारलाई फेसबुक मेसेन्जरबाट अश्लिल भिडियो पठाएर मानसिक यातना दिएपछि प्रहरीमा उनीविरुद्ध उजुरी परेको थियो । उनले महिलालाई पटक-पटक टेलिफोनमार्फत्  कुराकानी गरी विभिन्न बहानामा रातको समयमा कोठमा प्रवेश गरी नशालु पदार्थ खुवाई अश्लिल भिडियो खिचेका थिए । पछि उनले अश्लिल भिडियो आफूसँग भएको धम्की दिएर महिलासँग पैसा तथा गरगहना ठगी समेत गरेका थिए । 

सिआईबीले उनलाई काठमाडौं ल्याएर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!