सरल नमुना सहकारीको भित्तेपात्रो बिमोचन

Posted on: 05 Apr, 2017


कमल सुबेदी | चैत्र २३, पोखरा |पोखरा लेखनाथ महानगर पालीका ९ मा रहेको  श्री सरल नमुना बचत तथा ऋण सहकारी सस्थाले नयाँ बर्ष २०७४ सालको शुभकामना र क्यालेन्डर बिमोचन गरेको छ । सस्थाले बुधबार एक कार्यक्र गरि नयाँ बर्ष २०७४ सालको शुभकामना सहित  क्यालेन्डरको बिमोचन गरेको हो ।क्यालेन्डर बिमोचन गर्दै  सहकारीका अध्यक्ष दिपक बास्तोलाले  सहकारी सहकारीका सिद्धान्त अनुसार चल्नुपर्ने  बताए । सहकारीले नाफामुखी भन्दा पनि सामाजिक उत्तरदायित्व अन्र्तगत काम गर्नुपर्ने बास्तोलाले  बताए । सहकारी सस्थाका कोषाध्यक्ष इन्द्र बहादुर कार्कीले सहकारीले सस्थाका कारण देशमा आर्थतन्त्रमा ठुलो सहयोग पुगेकोमा खुसी ब्यक्त गरे । सस्थाका सचिव क्यालेन्डर प्रकाशन समितिका संयोजक तथा क्यालेन्डर बिमोचन कार्यक्रमका अध्यक्ष निर्मल प्रसाद बास्तोलाले आगामी दिनमा पनि सहकारीले सेवामुखी कामलाई निरन्तर अगाडि बढाउने  प्रतिबद्धता ब्यक्त गरे । सहकारीले साना ब्यवसायीहरुलाइ  जिबन निर्वाह गर्न  लाई ठुलो मद्धत पुगेको  बताए । क्यालेन्डर प्रकाशन समितिका संयोजक निर्मल प्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहकारीका प्रबन्धक कमल सुबेदीले गरेका थिए । क्यालेन्डर प्रकाशन समितिमा संयोजक निर्मल बास्तोला रहने गरि सदस्यहरुमा नारायणहरि बास्तोला र कमल सुबेदी रहेको सस्थाले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!