दैविक प्रकोप पिडितलाई दिईने काठका बारेमा जिल्ला बन कार्यालय डडेल्धुरा बेखबर

Posted on: 28 Feb, 2016

ललित बोहरा/फागुन १६, डडेल्धुरा । डडेल्धुरा जिल्लामा दैविक प्रकोप पिडितका नाममा दिईने काठका बारेमा जिल्ला वन कार्यालय डडेल्धुरा अनभिज्ञ रहेको खुलासा भएको छ ।

दैविक प्रकोपका नाममा काठको माँगको परिणामको तथ्याङ्क जिल्ला वन कार्यालय डडेल्धुरा संग भएपनि त्यो काठ कँहा प्रयोग भएको छ, भन्ने बारेमा भने जिल्ला वन कार्यालय डडेल्धुरा अनभिज्ञ रहेको छ ।

सम्वन्धीत गाविस र प्रहरीको मुचुल्काका आधारमा काठ दिईन्छ तर त्यहाँ कहा प्रयोग भएको छ सोका वारेमा भने आफुहरुलाई कुनै पनि जानकारी नहुँने जिल्ला वन कार्यालय डडेल्धुराका सूचना अधिकारी लक्ष्मी जोशीले बताउनु भयो ।

जिल्ला वन कार्यालय डडेल्धुरा संग प्रयाप्त कर्मचारी नभएकाले पनि अनुगमन गर्न नसकिएको जोशीले बताउनु भयो । दैविक प्रकोप पिडितका नाममा दिईने काठको सहित सदुपयोग भएको छ वा छैन भन्ने बारेमा अनुगमन नगर्दा काठको तस्करी हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!