संविधानको कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक: बरिष्ठ नेता नेपाल

Posted on: 01 Mar, 2016

ललित बोहरा/ फागुन १८, डडेलधुरा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले संविधानको सफल कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनु भएको छ । नेकपा एमाले जिल्ला कमिटि डडेल्धुराद्धारा सोमबार आयोजित कार्यकर्ता भेटमा बोल्दै नेता नेपालले अहिले नेपालको राष्ट्रियताको जगेर्ना गर्न आवश्यक रहेकाले मधेशी मोर्चा लगायत सबैलाई राष्ट्रियताको सवालमा एक हुन आग्रह गर्नुभयो ।. aa

जिविस दार्चुलाको नवौ जिल्ला परिषदको उद्धाटन गरेर फर्किने क्रममा डडेल्धुरा पुग्नु भएका नेपालले सविंधान शंसोधन गर्ने कार्य गरिसकेको र सबै समुदायलाई समान अधिकारका साथै खास–खास समुदायलाई बिशेष अधिकार दिएको प्रष्ट पार्नुभयो । नेपालमा अब आर्थिक क्रान्तिको आवश्यकता रहेको भन्दै आर्थिक क्रान्तिको नेतृत्व पनि आफ्नो पार्टीले नै गर्न तयार रहेको उहाँले बताउनु भयो ।

नेता नेपालले नेपाल एकीकरणका अभियन्ता अमरसिंह थापाको सामरिक स्थल अमरगढी किल्लालगाएत प्रसिद्ध ऐतिहासिक र पर्यटकीय सम्भावना भएकाले सुदूरपश्चिमको विकासका लागि ध्यान दिन जरुरी रहेको बताउनु भयो । यसैबीच आज आयोजित कार्यक्रममा अन्य पार्टी परित्याग गरि थुप्रै कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन ।

यस्तै कार्यकर्ता भेटघाटमा बोल्दै एमाले स्थाई कमेटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाडेण्यले अबको एमालेको उद्धेश्य गाउँ गाउँको गरीबी हटाई बिदेशने युवाहरुलाई आफनै देशमा केही गर्ने वताबरण मिलाउने रहेको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!