बिभिन्न सेवा सहीतको एकिकृत घुम्ती शिविर शुक्रबारबाट संञ्चालन हुने

Posted on: 17 Mar, 2016

चैत ४, डडेल्धुरा / डडेल्धुरामा बिभिन्न सेवा सहीतको एकिकृत घुम्ती शिविर भोलीबाट संञ्चालन हुने भएको छ ।

swasthe

बेलापुर गाबिसको स्वास्थ्य चौकी भवनमा सञ्चालनहुने शिबिरमा नगरीकता बनाउने, फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने, स्वास्थ्य उपचार सेवा, आखाँ उपचार सेवा, कृषि तथा उपचार सेवा, मुक्त हलिया परिचय पत्र बितरण र अपाङग परिचय पत्र वितरण लगायतका सेवा प्रदान गरीने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

एकिकृत घुम्ती शिबीर चैत्र पाचँ र छ गते सञ्चालन हुने भएकोले सबैलाई सेवा लिन प्रशासन कार्यालयले अनुरोध गरेको छ । साथै चैत ५ गते बेलापुर गाबिसमा सञ्चालीत सरकारी तथा गैर सरकारी संस्थाका कार्यक्रम एवंम योजनाहरुको सार्वजनीक सुनुवाई समेत हुने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!