शान्ति सुरक्षा कायम गर्न प्रहरी चनाखो भएर लाग्नुपर्छ: महानिरीक्षक अर्याल

Posted on: 04 Apr, 2016

opendra kant aryalललित बोहरा/चैत २२, डडेल्धुरा । प्रहरी प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले डडेल्धुरा जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरी कर्मचारीहरुले चनाखो भएर लागिपर्नु पर्ने बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराद्धारा आज दिँउसो आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै अर्यालले खुला सिमानाका, संचार–प्रविधि र यातायात जस्ता पूर्वाधारको विकाससँगै बढेका सुरक्षा चुनौती कम गर्न प्रहरीसँगै नागरिक समाजको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिमको सुरक्षा अवस्था र जिप्रकाहरुको अनुगमनको क्रममा डडेल्धुरा पुगेका अर्यालले प्रहरीहरुलाई अपराध नियन्त्रणमा सघाउन नागरिकहरुलाई समेत आग्रह गर्नुभएको छ । अपराधिहरुले बिभिन्न उपायहरु अपनाएर बिभिन्न गतिबिधि गर्ने भएकाले सुरक्षा क्षेत्रमा समेत चुनौती बढे

यस बिषयमा तपाइको प्रतिक्रिया...!