उपक्षेत्रियमा आउने ५० विरामी मध्ये एक जनामा मधुमेह रोगको संक्रमण

Posted on: 07 Apr, 2016

पुस्कर भण्डारी, चैत २५, डडेल्धुरा । मधुमेह रोगको रोकथाम गरौ समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौ भन्दै डडेल्धुरामा विश्व स्वाश्थ्य दिवस मनाईएको छ ।

उपक्षेत्रिय अस्पताल डडेल्धुरामा गरिएको कार्यक्रम अस्पतालका नमित्त मेसु डा.सन्तोष गुप्ताले मधुमेह रोगको रोकथामका उपाय जानकारी गराएका थिए । बदलिदो जीवन शैली संगै चिल्लो खानका परिकार, मदिरा सेवन, धुमपानले गर्दा मधुमेहरोगको उच्च जोखिम रहेको डा. गुप्ताले बताएका थिए ।

उपक्षेत्रिय अस्पतालमा आउने ५० विरामी मध्ये एक जनालाई मधुमेह रोग देखा पर्ने डा. गुप्ताले जनाएका छन । खानपानमा ध्यान र दैनिक व्यायम गर्नाले मधुमेहरोगको संक्रमणबाट जोगिन सकिने उनले बताएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा गरिएको स्वास्थ्य दिवस कार्यक्रममा उपक्षेत्रिय अस्पतामा भर्ना रहेका २५ बढी विरामी एवं कुरुवालाई प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी लगायतले फलफुल वितरण समेत गरेका छन । यस संगै बगरकोट गाविसमा हाजिरी जवाफ प्रतियोगिता संञ्चालन गरिएको स्वास्थ्यका तिलकसिँह सावदले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!