बैशाख ५ गतेसम्म सम्पुर्ण विद्यार्थीको हात–हातमा पुस्तक पुर्याउने सरकारको लक्ष्य पुरा नहुने संकेत

Posted on: 16 Apr, 2016

ललित बोहरा/बैशाख ४, डडेल्धुरा बैशाख । बैशाख ५ गतेसम्म सम्पुर्ण विद्यार्थीको हात–हातमा पुस्तक पु¥याउने सरकारको लक्ष्य पुरा नहुने भएको छ ।

शैशिक शत्र सुरु भईसक्दा पनि सुदुरपश्चिममा साढे ४ लाख थान पाठ्पुस्तकको अभाव रहेपछि, सरकारको लक्ष्य पुरा नहुने भएको हो । सरकाले बैशाख ५ गते प्रत्येक विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावकको उपस्थितिमा निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने तयारी गरेको भएपनि, सुदुरपश्चिममा त्यो लक्ष्य पुरा नहुने पक्का भएको छ ।

सुदुरपश्चिमका ९ वटै जिल्लाका लागी साढे ४ लाख पाठ्यपुस्तक अभाव रहेकोले लक्ष्य पुरा नहुने पक्का भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीका क्षेत्रीय प्रमुख योगेन्द्र भट्टले बताउनुभयो ।

१८ लाख थान पाठ्यपुस्तक आवश्यक रहेको सुदुरपश्चिममा साढे १३ लाख थान वितरण भईसकेको र बाकी केन्द्रबाट नै नआएको उहाले बताउनुभयो । सबै भन्दा बढी कक्षा ६ को सामाजिक, अग्रेजी र पेशा विषयको पुस्तकको अभाव देखिएको छ ।

केन्द्रमा आज १ गाडी पुस्तक लोड भएपनि पनि धनगढी सोमबार सम्म मात्र आईपुग्ने उहाले बताउनुभयो । जनक शिक्षाको ढिलाईका कारण सुदुरपश्चिमका विद्यार्थीले यस वर्ष पनि समयमै पाठ्पुस्तक नपाउने भएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!