विद्यार्थी भर्ना अभियान तथा पाठ्यपुस्तक बितरण अभियान उग्रतारा उमाबिबाट शुरु

Posted on: 17 Apr, 2016

बैशाख ५, डडेल्धुरा । नयाँ वर्षको सुरुवातसँगै चालु शैक्षिक सत्रलाई लक्षित गरि डडेल्धुरामा विद्यार्थी भर्ना अभियान सहित निःशुल्क पाठ्यपुस्तक बितरण अभियान शुरु भएको छ ।

चालु शैक्षिक सत्रमा डडेल्धुरामै पहिलो पल्ट अ.न.पा ७ पोखरामा रहेको उग्रतारा उमाबिमा आज देखि भर्ना अभियान सहित निःशुल्क पाठ्यपुस्तक बितरणको सुरुवात गरेको हो ।

जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी दुर्गा दत्त बिष्टको प्रमूख आतिथ्यमा र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडक बोहराको अध्यक्षतामा गरिएको समारोहमा १ सय ५० बिद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक बितरण गरिएको हो ।

कक्षा ६ को नैतिक र पेशा बिषय र ऐच्छिक बिषय बाहेक सबै पाठ्यपुस्तक बिद्यालयमा पुगिसकेको प्राचार्य रमेश दत्त बागले जानकारी दिएका छन । यसैगरी अभियानका क्रममा विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकाहरुलाई समेत समेटिने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!