डडेल्धुराबाट ९ महिनाको अवधिमा १२ सय जनाले राहदानी बनाउदैँ

Posted on: 17 Apr, 2016

बैशाख ५, डडेल्धुरा । डडेल्धुरा जिल्लाबाट तेस्रो मुलुक जाने युवाहरुको सख्यामा बृद्धि भएको छ । गत बर्षको साउन महिना देखि बैशाखको पहिलो साता सम्म १२ सय युवा जनशक्तिले राहदानीका लागि आबेदन भरेका छन ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका नासु धन बहादुर खडायतका अनुसार द्रुुत सेवा तिर ६ सय २२ जना र नियमित तर्फ ५ सय ७८ जनाले राहदानी आवेदन भरेका हुन । गाँउघरमा हुने कृषि उपज खडेरीका कारणले नफस्टाएको र नेपालमा भने जस्तो काम पनि नपाइने भन्दै बिदेशिन लागेको राहदानी बनाउन जिल्ला प्रशासन पुगेका बेलापुर– १ का हरेन्द्र रावलले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!