डडेल्धुरा जिल्लामा महिला हिंसाका घटनामा कमी आउदैँ

Posted on: 17 Apr, 2016

बैशाख ५, डडेल्धुरा । डडेल्धुरा जिल्लामा आर्थिक बर्ष २०७२/०७३ मा घरेलु हिंसाका घटनाहरुमा कमि आएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको महिला तथा बालबालिका सेवा केन्द्रकि इन्चार्ज मनमायाँ बिकका अनुसार आर्थिक बर्ष २०७२/०७३ मा ९३ वटा घरेलु हिंसाका घटनाहरु र २४ वटा महिला हिंसाका घटनाहरु दर्ता भएका छन ।

यसैगरि आर्थिक बर्ष ०७२/७३ मा जातिय छुवाछुत बिरुद्धका २ घटना, बिष सेवन ४ र झुण्डिएर ३ जना गरि ७ जनाद्धारा आत्महत्या, जर्वजस्ती उद्योगका ३ र जर्बजस्ती करणी १ गरि ४ वटा जर्वजस्तीका घटनाका साथै २ वटा बहुबिवाहका घटनाहरु दर्ता भएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र अन्य सरोकारवाला निकायहरुले घरेलु हिंसा रोक्न जनचेतना फैलाएका कारण महिला हिंसामा कमी आएको बताइएको छ ।

गत बर्षमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र अन्य सरोकारवाला निकायहरुद्धारा ४४ वटा जनचेतनामूलक कार्यक्रमहरु गरिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!