विनाशकारी भूकम्पको स्मरणमा पोखरामा गरियो प्रभातफेरि

Posted on: 25 Apr, 2017

बैशाख १२ पोखरा | नेपालमा विनाशकारी भुकम्प गएको दुई बर्ष पुगेको छ । दुई वर्ष अघि वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मरण गर्दै, पोखरामा प्रभातफेरि सहित सचेतना ¥याली गरिएको छ । नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटीले आज मानवअधिकारचोकबाट सुरु गरेको ¥याली सभागृहमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभामा बोल्दै सोसाइटीका अध्यक्ष सुनयना पालिखेले, भूकम्पबाट प्रभावितहरुलाई आफ्नो संस्थाले आर्थिक तथा भौतिक सहायता गरेको स्मरण गर्दै, प्रकोपको क्षतिबाट बच्नका लागि विमा गर्नुपर्ने बताउनुभयो । नेपाल सर्भेयर एशोसियसनका अध्यक्ष सुरेन्द्र गोदारले विपत्ति जुनसुकै बेला पनि आउन सक्ने बताउँदै, त्यसको क्षति न्यूनिकरणका लागि सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम संयोजक प्रशान्त धमलाले, सोसाइटीले गरेको मानविय हितका विभिन्न कार्यक्रमले पिडित पक्षले राहत महशुस गरेको बताउनुभयो । सोसाइटीका अध्यक्ष सुनयना पालिखेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दीपक तिवारीले गर्नुभएको थियो ।

¥यालीमा सहभागीहरुले दुःखमा विमा सुखमा विमा, प्रकोपको क्षतिबाट बच्नका लागि विमा गरौँ, भूकम्पको पिडा वीमाको सुरक्षा, अनिवार्य वचतका लागि जीवन विमा लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!