डडेल्धुरामा बिमानस्थलका लागी प्रारम्भिक सम्भाव्यता अध्ययन

Posted on: 24 Apr, 2016

ललित बोहरा /बैशाख १२, डडेल्धुरा । डडेल्धुरा जिल्लामा बिमानस्थल निर्माणका लागी प्रारम्भिक सम्भाव्यता अध्ययन टोलीले शनिबार जिल्लाका चार स्थानमा अध्ययन गरेको छ । अमरगढी नगरपालीकाको वडा नं.२ ३ र बगरकोट गाबिस अन्र्तगत रहेको बिरादे, अमरगढी नगरपालीको वडा नं.१ र असिग्राम ९ को कलपोखरा देखी दह भेटा र समैजी– ८ महर देखी पुईलेक तथा नवदुर्गा– ४ मा पर्ने डाडाँवन क्षेत्रमा प्रारम्भीक अध्ययनका रुपमा स्थलगत निरीक्षण गरीएको छ ।

dadeldhura

प्रारम्भीक अध्ययन पश्चात गरिएको छलछल कार्यक्रममा टोलीका ईन्जीनीयर बालकृष्ण रेग्मीले अध्ययन गरीएका चारै क्षेत्रमा वनको जग्गा रहेकाले त्यसको सहमतिका लागी प्रक्रिया अगाडी बढाउनु पर्ने बताएका छन । बिरादेमा बिमान स्थलका लागी आवश्यक धावन मार्गको लम्बाई नपुगेको, दह भेटामा पर्याप्त क्षेत्रफल नभएको, समैजीमा क्षेत्रफल मिलेको तर जमीन भिरालो भएकाले लगानी बढी लाग्ने र डाँडाबनमा धावन मार्गका लागि पर्याप्त क्षेत्रफल रहेको भए पनी धावन मार्ग पहाडले छेक्ने सम्भावना रहेको प्रारम्भीक अध्ययन टोलीले जनाएको छ ।

बिमानस्थल निर्माणका लागि डडेल्धुरा सडक पहुँच भएकाले ५ बर्षको समयावधिमा ५० करोड लगानीमा बिमान स्थल बन्न सक्ने नागरीक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!