कोरियन भाषा परीक्षाको लागि डडेल्धुरामा १८ गते देखि आवदेन फाराम संकलन गरिदैँ

Posted on: 25 Apr, 2016

बैशाख १३, डडेल्धुरा । कोरियन भाषा परीक्षाको लागि यसबर्ष डडेल्धुरामा आवेदन फाराम संकलन गर्नका लागि तयारी भइरहेको छ । सातौं कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न डडेल्धुरा संकलन केन्द्रमा बैशाख १५ देखि १८ गते सम्म ४ दिनको समय छुट्टयाइएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला प्रशासन भित्रै रहेको केन्द्रमा हरेक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म फाराम संकलनको काम हुने भन्दै डडेल्धुरा सबै जिल्लाहरुको केन्द्र बिन्दुमा भएकाले सुदूरपश्चिमका नागरिकहरुका लागि निकै सहज हुने प्रमूख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले बताएका छन ।

फाराम भर्दा राहदानी पत्र, नागरिकता लगायतका आवश्यक कागजातहरु साथमा ल्याउनु पर्ने समेत बताइएको छ । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली ईपीएस मार्फत प्रशिक्षार्थी कामदार छनोट गर्न आगामी ४ र ५ गते असारमा परिक्षा लिइदैँ छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!