काग्रेस सभापती देउवाको जिल्लामा पानीको चरम अभाव

Posted on: 27 Apr, 2016

Pani Lain

ललित बोहरा । बैशाख १५, डडेल्धुरा । डडेल्धुराको सदरमुकाम खलंगामा मंगलबारदेखि खानेपानी लाईन पूर्णरुपमा बन्द भएपछि यस क्षेत्रका नागरीक समस्यामा परेका छन ।

खानेपानीको मुहानबाट सदरमुकाम खलंगास्थित पानी ट्यांकीमा पानी आउने पाइपलाईनमा आगलागीका कारण क्षति हुँदा आपूर्ति पूर्ण रुपमा बन्द भएको हो । मंगलबार जंगलमा लागेको डढेलोले पाइपलाईनमा क्षति भई पानीको आपूर्ति बन्द भएको खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले जनाएको छ । बन्द रहेको खानेपानी लाईन सञ्चालन गर्न बुधबार महाभारतको लेकमा रहेको मुहान तर्फ प्राविधिक टोली गएको हो । ट्याङ्कीमा बचत रहेको पानीका लागि सदरमुकामका बासिन्दा ट्याङकी नजिकै लाम लागेका छन ।

गर्मी मौषम सुरु भएसँगै डडेल्धुरा सदरमुकाममा खानेपानीको समस्या सिर्जना भईरहेकोमा पाईपलाईनमै क्षती भएपछि सदरमुकाममा खानेपानीको समस्या जटिल हुने देखिएको छ । खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितीले मंगलबार देखी जिल्ला सदरमुकाममा खानेपानी वितरण गर्न सकिरहेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!