पोखरामा मृत मृगसहित दुई जना पक्राउ

Posted on: 29 Apr, 2017

बैशाख १६, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मृत मृगसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । 

माछापुच्छ्रे गाउँपालिकाबाट पोखरातर्फ ल्याउँदै गर्दा पोखरा–८ का जीवन गुरुङ र पोखरा–३ का विकास गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बा१७च २८७८ को जिपमा लुकाइछिपाइ ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका थिए । प्रहरीले मृत मृगलाई जिल्ला वन कार्यालयमा बुझाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!