डडेल्धुरा जिल्लामा सञ्चालित कच्ची सडकहरु धुलाम्य

Posted on: 30 Apr, 2016
बैशाख १८, डडेल्धुरा । डडेल्धुरा जिल्लाका बिभिन्न गाबिसहरुमा सञ्चालित कच्चि सडक सञ्जालहरु यती बेला धुलाम्य बनेका छन् । लामो समयको खडेरी र बढ्दै गएको गर्मिले माटो सुक्दै गएपछि ग्रामिण क्षेत्रमा जाने बिभिन्न गाँउहरुका सडकहरु धुलाम्य बनेका हुन । सडकहरु धुलाम्य बन्दा सर्वसाधारणहरुलाई आवत–जावतमा समस्या भएको छ । आवत–जावत गर्दा माक्स जस्ता साधनहरु प्रयोग नगर्दा नागरिकहरु रोगका सिकार बनेका छन । कच्चि सडकहरु मात्रै नभई भिमदत्त राजमार्गमै सडक उप्किदा दुर्घटना हुने खतरा बढेको सवारी चालकहरुको गुनासो छ । पीच गरिएको सडक उप्किदा सवारी चालकहरुले निकै सास्ती खेप्नु परेको छ । सडक कार्यालय र निर्माणकर्ता बीच हुने मिलेमतोका कारण सरकारले विनियोजन गरेको बजेट समेत सदुपयोग हुन नसक्दा सर्वसाधारणहरु थप मारमा परेका हुन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!