प्रहरीको सहयोगमा सामुदायिक वनको डढेलो नियन्त्रण

Posted on: 07 May, 2016

बैशाख २५, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी ५ किर्तीपुर बजार संग जोडिएको सिरमखोला महिला सामुदायिक वनमा लागेको डढेलो शसस्त्र प्रहरी वल, नेपाल प्रहरी र वनका उपभोक्ताको प्रयासले नियन्त्रणमा आएको छ ।

आज दिउसो एकासी दन्किएको आगो नियन्त्रणका लागी शसस्त्र प्रहरी वेस क्याप डडेल्धुरा बाट साहायक प्रहरी निरिक्षक मानबहादुर खत्री, पोखरा प्रहरी चौकीबाट सटिएको साहायक प्रहरी निरिक्षक कृष्ण बोहराको नेतृतवमा कारागार डडेल्धुराका नेपाल प्रहरीको टोली र वन उपभोक्ताहरुको सामुहिक प्रयासमा दुई घण्टा पछि डढेलो नियन्त्रणमा आएको थियो । बरुण यन्त्र सहित खटिएको शसस्त्र प्रहरी टोलिको प्रयासमा डढेलो नियन्त्रणमा आएको स्थानिय राम महरले बताएका छन ।

डढेलो नियन्त्रणमा संलग्न शसत्र प्रहरी, नेपाल प्रहरी लगायत वनका उपभोक्तालाई सराहनिय काम गरेको भन्दै वनकी अध्यक्ष नारु देवि ओझाले धन्यवाद ज्ञापन गरेकी छन । डडेल्धुरामा दैवि प्रकोप नियन्त्रणमा आवश्यक सामाग्रीको अभाव रहेकाले आगलागी, डढेलोले विकराल रुप लिने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!