हावाहुरीबाट डडेल्धुराका आधा दर्जन विद्यालयमा ७ लाख बराबरको क्षति

Posted on: 22 May, 2017

ललित बोहरा । जेठ ८, डडेल्धुरा । हावाहुरीले डडेल्धुराका आधा दर्जन विद्यालय भवनका छाना उडाउँदा  ७ लाख बराबरको क्षति भएको छ ।

केही दिनअघि साँझपख बर्षासंगै आएको हावाहुरीले जिल्लाकामा रहेका आधा दर्जन भन्दा बढी विद्यालयका छाना उडाएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीका अनुसार रुपालमा रहेको असिग्राम मावि, अमरगढी नगरपालिका ११ मा रहेको असिग्राम आधारभूत विद्यायलको पनि छानो उडाएको छ ।

यस्तै जिल्लाको नवदुर्गा गाउँपलिका कोटेलीमा रहेको बिरबलभद्र मावि, सहश्रलिङ मावि अजयमेरु चमडा र भौरव आधारभूत विद्यालय सुनकोटको पनि छानो उडाएको जिल्ला शिक्षा अधिकारी खत्रीले  बताए ।

सबै भन्दा बढी क्षति सहश्रलिङ मावि चमडा, असिग्राम मावि रुपाल र बिरबलभद्र मावि कोटेलीका करिव २ लाख ५० हजार बराबरको क्षति गरेका जनाइएको छ ।

हावाहरीबाट क्षति भएका विद्यालयमा विद्यार्थीलाई पठन–पाठन गर्नमा समस्या भएको विद्यालयहरुले जनाएका छन् ।

जिल्लाका अरु विद्यालयका पनि हावाहरीले छाना उडाएको हुँदा अरु विद्यायलय लाई पनि यही जेठ १० गते भित्र आफ्नो विद्यालयको क्षतिको विवरण जिल्ला शिक्षा कार्यालयमा पेश गर्न स्रोत व्यक्ति मर्फत सम्बन्धीत विद्यालयलाई सूचित गराएका उनले बताएका छन् ।

‘हावाहुरीले क्षति गरेका विद्यालयलाई राहात दिनको लागि जिल्ला शिक्षा कार्यालय संग केही पनि राहात सामाग्री छैन’ जिल्ला शिक्षा अधिकारी खत्रीले भने– ‘जेठ १० गते बस्ने जिल्ला दैवीप्रकोप उद्धार समितिमा क्षतिको विवरण पेश गर्छौ,’ दैवीप्रकोप उद्धार समितिको सिफारिस क्षेत्रीय शिक्षा निर्देशनालयमा पठाउने र सम्बन्धीत विद्यालयले केही राहात पउने उनको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!