नवलपरासीमा सेल्फीले लियो ज्यान ! नारायणाीमा डुबेर दुई किशोरको मृत्यु

Posted on: 26 May, 2017

जेठ १२, नवलपरासी । सेल्फी खिच्ने क्रममा नवलपरासीमा दुई जनाको ज्यान गएको छ । 

नवलपरासीको गैडाकोट नगरपालिका २ स्थित ब्रिटिस क्याम्प नजिक नदी किनारमा सेल्फी खिच्ने क्रममा गैडाकोट-२ का १७ वर्षीय आशिष श्रेष्ठ र गैडाकोट-८ का १७ वर्षकै भुपेन्द्र केसी वेपत्ता भएका हुन् । 

विहीबार नारायणी नदी किनार सेल्फी लिने क्रममा रहेका उनीहरु अनियन्त्रित भई नदीमा खसेका थिए । नदीमा खसेर बेपत्ता भएका उनीहरुको शव आज विहान मात्र फेला परेको छ । 

नदीमा बेपत्ता भएका उनीहरुलाई सशस्त्र प्रहरीको गोताखोरले आज बिहान फेला पारेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!