कामको खोजीमा भोगेका चार बालकको उद्धार

Posted on: 20 Jun, 2017

नन्दराम जैशी | असार ६, जुम्ला । भागेर कामको खोजीमा सुर्खेत जान लागेका जुम्ला चन्दनाथ नगरपालिका (११ का तीन र चन्दनाथ(८ का एकगरी चार बालकलाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई प्रहरीले कालिकोट खाडाचक्र नगरपालिका(३ ताडीको चेक पोष्टमा समातेको हो । 

बालकहरु १४ वर्षका दानबहादुर रोकाया, १५ वर्षका कमल रोकाया १५ वर्षकै कमल सेजुवाल र चन्दनाथ(८ का कमल रावल रहेको प्रहरी नायव निरीक्षक योगन्द्र कुमार खड्काले जानकारी दिनुभयो । ‘उनीहरुलाई प्रहरी मार्फत उनीहरुकै घर पुर्‍याइएको छ ।

जसमध्य भैरव मावि धुपि ढुस्कामा कक्षा ९ मा अध्ययनरत दानबहादुर सेजुवाल वैशाखमा सुर्खेत गएर जेठमा फर्किएका हुन् । सेजुवालले होटलमा मासिक ४ हजार खाएर काम गरे । जेठमा उनका साहु कमल बहादुर शाहीले होटल बेचेपछि उनी घर फर्किए ।

अहिले साथीहरुसँगै कामको खोजीमा भोगेर जान लाग्दा प्रहरीले समात्यो । उनीहरुले १२ हजारमा २ वटा साइकल बेचेर गाडी भाडा र खाना खर्चको जोहो गरेका हुन् । दानबहादुरका २ भाइ र आमाबुवा छन् । बुवा सिकर्मीको काम गर्छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!