धादिङमा भूकम्प गयो, एकको मृत्यु, एक बालक घाइते

Posted on: 21 Jun, 2017

असार ७, काठमाडौँ । धादिङमा बुधबार बिहान भूकम्पको धक्काका कारण एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुधबार बिहान १० बजेर २५ मिनेट जाँदा मकवानपुरको चितलाङमा केन्द्र विन्दु बनाएर ३ दशमलव २ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।  

दक्षिणपूर्वी धादिङको धुनिबेशि नगरपालिका-५ मा इट्टा भट्टामा काम गर्ने मजदुर भट्टामा रहेको इट्टा मिलाउँदै गर्दा आएको भूकम्पको धक्काका कारण इट्टाले लागेर भारत दरवंगाका मजदुर ३५ वर्षका रिजन सदाईको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

 उनका छोरा १० वर्षका दलम सदाई घाइते भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ ।       

यस बिषयमा तपाइको प्रतिक्रिया...!