रामेछापमा सुमाे दुर्घटना, यात्रु सकुशल

Posted on: 28 Jun, 2017


प्रज्वल पाैडेल/असार १४, रामेछाप । रामेछापकाे खाँडादेवि गाउँपालिकामा सुमाे ठुलाे दुर्घटनाबाट जाेगिएकाे छ ।

बुधबार बिहान काठमाडौंबाट गाल्पा जाँदै गरेकाे मे १ ज १५६७ नं काे खाडाँदेवी यातायातकाे सुमाे सडककाे भित्तापट्टी पल्टिएको हाे । कच्ची सडकमा सुमाेकाे ब्रेक फेल भई दुर्घटना भएकाे स्थानिय शिक्षक कृष्णबहादुर खड्काले जानकारी दिनुभयाे । ९ जना यात्रु रहेकाे साे सुमाेमा खाडादेवी टिमुका स्थानीय सबार रहेकाे उहाँकाे भनाई छ ।


ड्राइभरलाई सामान्य चाेट लागेपनि यात्रुलाई केही नभएको जनाईएकाे छ । खाँडादेबी ३ भिरपानीमा धारामुनिको पहरो बाटोमा साे दुर्घटना भएकाे हाे । सिल्खा देखि नै सुमाेकाे ब्रेक कम लागेकाे यात्रुहरूले बताएका छन् । पल्टिएको सुमाेलाई स्थानीयले डाेरी लगाएर सडकबाट साइडमा लगाएर बाटाे सुचारू गरेका छन् ।

सडककाे छेउबाट खसेकाे भए सवारीसाधन र यात्रु दुबैकाे अवस्था जाेखिम थियाे । बर्षादकाे समय र कच्ची सडकका कारणपनि जिल्लामा पछिल्लोसमय दुर्घटना बढ्न थालेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!