गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक अवरुद्ध

Posted on: 05 Jul, 2017


असार २१, गुल्मी । अबिरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक खण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । 

उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे, बादरे भीर र मुसिकोट नगरपालिका अन्तरगत लौरेसिमल नजिकै पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । 

जिल्लामा सबैभन्दा बढी सवारी साधन सञ्चालन हुँदै आएको अति व्यस्त उक्त सडक खण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडाँैसम्म छुट्ने सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने टुटेका कतिपय सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । 

पानी परिरहेको र सडकमाथिबाट पहिरो र ठूलाठूला ढुङ्गा खसिरहेका कारण पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रेम श्रेष्ठले बताउनुभएको छ । 

त्यसैगरी पहिरो गएका कारण गएरातिदेखि गुल्मीको इन्द्रेगाँैंडा –रातडाँडा सडकखण्ड पनि अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट सदरमुकाम तम्घास आउने यात्रु पनि अलपत्र परेका छन् । 

अबिरल वर्षाका कारण बडीघाट खोलामा समेत ठूलो बाढी आएको छ । बाढीका कारण खोला छेउका स्थानीय बासिन्दा त्रस्त छन् । वर्षाले गुल्मीकै क्षेत्र नं– ३ अन्तर्गतका एक दर्जन भन्दाबढी ग्रामीण सडक समेत अवरुद्ध भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!