पोखरामा गाई काटेको अभियोगमा दुईजना पक्राउ

Posted on: 17 Jul, 2017

साउन २, पोखरा । गाई काटेको अभियोगमा पोखरामा दुई जनालाई पक्राउ गरिएको छ । 

पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । 

जङ्गलमा गाई काटेको सुराकीका आधारमा सो स्थानमा पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वबन्धु पोख्रेलले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!