त्रिबेणी सहकारी संस्थाद्वारा अर्घाखाँचीका जनप्रतिनिधीहरुलाई सम्मान

Posted on: 20 Jul, 2017

साउन ५, अर्घाखाँची ।  त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ अर्घाखाँचीले स्थानिय तहको निर्वाचनमा निर्वा्चित बिभिन्न पालीकाहरुका जनप्रतिनिधीहरुलाई एक कार्यक्रमको आयोजना गरी आज सम्मान गरेको छ । 

त्रिबेणी बचत तथा ऋण सहकारी संस्थासंग आबद्ध रहेका प्रतिनिधीहरुको उपस्थीति रहेको कार्यक्रममा मनतब्य राख्दै सन्धिखर्क नगरपालीकाका प्रमुख कमल प्रसाद भुसालले सहकारीका शिद्धान्तहरुलाई आत्मसाथ गरी अगाडी बढेमा देश बिकासको क्षेत्रमा सहजता हने बताउनु भएको थियो । 

साथै प्रमुख भुसालले जनताको भबाना र चाहना अनुसार आफुहरुले काम गर्ने भन्दै समग्र जिल्लाको बिकास निर्माणमा सबै पक्षको सहयोग र सर्मथनको आबश्यकता रहेको बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा मालारानी गाँउपालीकाका अध्यक्ष तथा जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष बालकृष्ण आचार्य,सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिक लगायतले मनतब्य राख्दै देश बिकासमा सहकारी संस्थाहरुको उल्लेखनिय भुमिका रहने हुनाले यसको समग्र बिकासको लागी आफुहरु हरपहल लागीरहने बताउनु भएको थियो । 

सम्मान कार्यक्रममा भुमिकास्थान नगरपालीकाका प्रमुख रेशम थापा,उपप्रमुख खडानन्द बेल्बासे, पाणीनि गाँउपालीकाका प्रमुख अच्युत गौतम, मालारानी गाँउपालीकाकी उपाध्यक्ष प्रमिला क्षेत्री बिभिन्न वडाहरुका वडा अध्यक्षहरु र सदस्यहरुको उपस्थीती रहेको थियो । 

कार्यक्रम संस्थामा अध्यक्ष चन्द्रप्रसाद बन्जाडेको अध्यक्षता उत्तममणी मिश्रको स्वागत मनतब्य र तुल्सीराम खनालको सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!