बाग्लुङमा जिप दुर्घटना हुँदा चारको मृत्यु, ६ घाइते

Posted on: 24 Jul, 2017

साउन ९, बाग्लुङ । बाग्लुङको बडीगाड गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते छन् । न्।

जलजलाबाट खर्बाङतर्फ आउँदै गरेको जिप साबिक गौलिचौर गाविस–३ बाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको ग्वालीचौर प्रहरी चौकीले जनाएको छ ।

घटनास्थल मध्यपहाडी लोकमार्गको ग्वालीचौरदेखि केही माथि भएपनि वर्षातका बेला ठाउँ ठाउँमा सडक अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् ।

स्थानीय र प्रहरीको सहयोगमा घाइतेको उद्धार गरिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!