लोडसेडिङको विरोधमा चर्को प्रदर्शन

Posted on: 01 Aug, 2017


साउन १७, रुपन्देही । रुपन्देहीको मंगलापुर क्षत्रमा दैनिक ६ घण्टा लोडसेडिङ गराएको भन्दै स्थानीय बिरोधमा उत्रिएका छन् । 

स्थानीको विरोधपछि सो क्षत्र निकै तनावग्रस्त बनेको छ । लोडसेडिङको बिरोधमा मंगलापुरका जनताले बुटवल भैरहवा सडक खण्ड बन्द गराएपछि खुलाउन पुगेको प्रहरीसँग झडप समेत भएको थियो ।

झडपमा ४ प्रहरी र १५ प्रदर्शनकारी घाइते भएको खबरडबली संवाददाताले बताएका छन् । अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!