मोरङमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु, दुईजना गम्भीर घाइते

Posted on: 09 Aug, 2017

साउन २५, मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका– ९ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट आज दिउँसो एक साइकलयात्रीको मृत्यु भएको छ, भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २३२३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका तीनवटा साइकललाई ठक्कर दिँदा साइकलमा सवार मोरङ सुन्दरहरैचा– ११ बस्ने ५२ वर्षीय सूर्यबहादुर न्यौपानेको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । 

बसको ठक्करबाट साइकलयात्री सोही ठाउँकी १७ वर्षीया पूर्णिमा घिमिरे र ३७ वर्षीया मञ्जु मिश्र गम्भीर घाइते छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरेहको छ भने बस र चालकलाई इप्रका बेलवारीले नियन्त्रणमा लिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!