पुल नहुँदा स्थानय बासिन्दालाई आवतजावतमा समस्या

Posted on: 09 Aug, 2017

साउन २५,  डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको वडा नम्बर ८ र ९ का स्थानीय बासिन्दालाई जोड्ने पुललाई खहरेखोलामा आएको बाढिले क्षति पुर्याएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

गएको साउन १९ गतेको अबिरल वर्षापछि आएको बाढीले पुलका तारजाली बगाएपछि वडा नम्बर ८ र ९ का बेबरी, जमरानीका सयौँ बासिन्दा समस्यामा परेको स्थानीय समाजसेवी विरे धामीले बताएका छन् ।

पुलमा क्षति पुगेपछि बेवरी र जमरानीबाट विद्यालय जाने सयौँ विधार्थीहरुलाई आवतजावतमा समस्या भईरहेको उनको भनाई रहेको छ ।

जमरानी बेबरी नजिकै रहेको पुलका तरजाली बगाएपछि डरैडरैका साथ यात्रा गर्नु परेको स्थानीय बासिन्दाले बताएका छन । बाढीले स्थानीय बासिन्दाको जगाजमिन, सिंचाइ कुलो समेत बगाएको स्थानीय लाल बहादुर नेगीले जानकारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!