विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

Posted on: 11 Aug, 2017

साउन २७, मोरङ । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा विराटनगर–१६ बस्ने ४३ वर्षीय मनोज साह रहेका छन् । साहलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५१८२ नंको ट्रकले ठक्कर दिएको थियो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते साहको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा राति ९ बजे मृत्यु भएको हो । 

ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!